संविधान दिवसको अवसरमा कास्कीमा २१ कैदीबन्दीको सजाय मिनाहा
पाेखरा | असोज ३, २०७९
पोखरा : जिल्ला कारागार कास्कीले सजाय भोगिरहेको २१ कैदीहरुलाई संविधान दिवसको अवसरमा कैद सजाय मिनाहा गरेको छ ।
संविधान दिवसको अवसरमा कास्की कारागारबाट सजाय मिनाहामा हुनेमा २ महिला र १९ पुरुष गरी २१ कैदी रिहा भएको कारागारका प्रमुख भिमराज कोइरालाले जानकारी दिए ।
उनका अनुसारमा कैद मिनाहा हुनेमा बहुबिबाहमा २/२ जना महिला पुरुष, कर्तव्य ज्यानमा ८, सवारी ज्यानमा २, ज्यान मार्ने उद्योगमा ३, चोरीमा ३ र मुद्रामा १ जना रहेका छन् । कास्की कारागारमा हाल ३८ महिला, ८०१ पुरुष र २ नाबालक गरी ८ सय ४१ जनाले कैद भुक्तान गरिरहेका छन् ।
संविधानको धारा २७६ को फौजदारी कसुर ऐन, २०७४ तथा फौजदारी कसुर नियमावली, २०७६ मा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले कैदी–बन्दीको कैद मिनाहा गर्न सक्ने व्यवस्था अनुसार कास्कीबाट २१ जनाको सजाय मिनाहा गरेकी हुन् ।
कास्कीको उत्तरी भेगमा रहेको माछापुच्छ्रे गाउँपालिका ८÷९ घलेलमा सम्पन्न २७ औं ल्होछार उत्सवमा भलिबलको तिन विधामा आयोजक च्याम्पियन बनेको छ । बौद्ध सिर्जना युवा क्लबको आयोजनामा सम्पन्न उत्सवमा गाउ...
काठमाडौं: नेपाली सेनाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ । नेपाली सेनाका सहायक रथी एवम् प्रवक्ता राजाराम बस्नेतले निर्वा...
पोखरा: नेपाली कांग्रेसमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले यही २७ र २८ पुसका लागि आह्वान गरेको विशेष महाधिवेशनमा सहभागी हुन कास्की कांग्रेसले अपिल गरेको छ । यही २७ र २८ पुसका लागि म...

